सूचनाको शक्ति - The Power Of Information

        

कोलाेम्वियाको एक कारागारमा आगलागी हुँदा ४९ जना कैदीको मृत्यु

दक्षिण पश्चिमी कोलाेम्बियाको एउटा कारगारमा कैदीबन्दीबीचको दंगापछि आगलागी हुँदा ४९ जना कैदीबन्दीकाे मृत्यु भएकाे छ ।

साेही घटनामा ३० जना घाइते भएको कारागारका अधिकारीले बताएका हुन् । कोलोम्बियाको भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारागार निकायले कैदीहरूले नै आगजनी गरेको बताएको छ ।

त्यहाँ तैनाथ सुरक्षा गार्डले दंगामा हस्तक्षेप गर्न नसकून भनेर कैदीहरूले म्याट्रेस बालेको बताइएको छ । सरकारी अधिकारीले आगो नियन्त्रणमा लिइसकेको र घटनाको मौका छोपेर कोही पनि कैदीबन्दी भाग्न नसकेको दावी गरेका छन् ।

सो कारागारमा सामान्यतः १ सय ८० जना कैदी रहने गरेका थिए । गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ०८:३५