सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज १२ मा स्वास्थ्य शिविर: ५ सय बढीले लिए सेवा

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले मंगलबार निःशुल्क स्वास्थ्य सञ्चालन गरेको छ ।

उक्त शिविरमा ५ सय भन्दा बढीले सेवा लिएको वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिए । शिविरको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।

सो क्रममा नगर प्रमुख विष्टले पनि आँखा जाँच गराएका थिए । वडाअध्यक्ष बज्राचार्यले स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग पुर्याउने सबै वडावासीलाई धन्यवाद दिएका छन् ।

वडाअध्यक्ष निर्वाचित भएसँगै बज्राचार्यले आफ्नो सक्रियता बढाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ०८:२३