नेपालगञ्जका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएका छन् ।
२०७५ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघ, व्यवसायी र जिल्ला प्रहरी कार्यालयको पहलमा १४ वटा चोकमा ५४ वटा सिसि क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।
त्यसपछि ती सिसि क्यामेराको मर्मत सम्भार र सञ्चालनको जिम्मा प्रहरीलाई दिइएकोमा प्रहरीको वेवास्ताका कारण क्यामेराहरु बिग्रिएका हुन् । जडान गरिएका अधिकांश क्यामेरा विग्रिएका छन् ।
बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले नेपालगञ्ज उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा बिग्रिएका क्यामेरा मर्मतको काम भइरहेको बताए ।
सिसि क्यामेरा विग्रिएका कारण चोरी, लुटपाट, दुर्घटनालगायतका घटनामा अनुसन्धान गर्न प्रहरीलाई गाह्रो परेको बताइएको छ ।
आफ्नो अनुसन्धानमै सघाउने आधुनिक प्रविधिको साधनको संरक्षण र मर्मतसम्भारमा पनि प्रहरी गम्भीर नभएको भन्दै चर्को आलोचना हुँदै आएको छ ।
सत्यपाटी । बाँके ।