सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १९ औं धान दिवस तथा रोपाई महोत्सवको तयारी पूरा

बाँकेमा १९ औं धान दिवस तथा रोपाई महोत्सवको तयारी पूरा भएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जको आयोजनामा बुधवार जिल्लाको राप्तीसोनारी गाउँपालिका–३ मा रोपाइँ महोत्सवको आयोजना गरिएको छ ।

जिल्लास्तरीय उक्त रोपाइँ महोत्सवमा कृषिसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुने छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले विहान ८ बजे रोपाई महोत्सव कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

बाँकेमा अहिलेसम्म ३ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । ब्याड तयारी अवस्थामा छ । तर बर्षात नभएका कारण किसानहरुले रोपाई गर्न पाएका छैनन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १७:४२