सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचनबारे नेपालगञ्जमा अन्तरक्रिया

हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहितरुपमा सम्पन्न भएको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

उनीहरुले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बाताबरणमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा आम नागरिकको भुमिका महत्वपूर्ण हुने बताए ।

सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा मानव अधिकारका सवालहरु, सकारात्मक पक्ष, आइपरेका समस्या तथा चुनौतीहरु र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने बिषयहरु सम्बन्धि अन्तरक्रियामा उनीहरुले सुरक्षित तरिकाले मतदान गर्ने बाताबरण निर्माण हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।

अन्तरक्रियामा जिल्ला अदालतका मुख्य न्यायाधीश खडानन्द तिवारीले हालै सम्पन्न निर्वाचनका चुनौती, सुधार गर्नु पर्ने बिषय, आगामी निर्वाचनमा गर्नु पर्ने कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिए ।

जिल्ला न्यायाधीवक्ता बासुदेव शर्माले मतदानस्थलको सुधार आबश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरुक्षाकर्मीले एक्लै सम्भव नभएकाले सबैको सहयोग र समन्वय जरुरी रहेको बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १७:२७