सूचनाको शक्ति - The Power Of Information

        

जथाभावी तीज गीत नगाउन चेतावनी

तीज गीतमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रेकर्डमा सिमा निर्धारण गरेको छ । तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिसीले एक विज्ञप्ती जारी गर्दै संस्थागत आग्रहलाई वास्ता नगरेमा वा अटेरी साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् । पछिल्ला केही समयमा तीज गीतको नाममा विकृति बढ्दै गएको गुनासो बढेको श्रोताका गुनासालाई ध्यानमा राखेर प्रतिष्ठानले यस्तो आग्रह गरेको हो ।

‘यस वर्ष पनि प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रतिष्ठानले जारी गरेको जारी विज्ञप्तीमा भनिएको छ, ‘सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पुर्याउने एवं अभद्र र द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत संगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौँ ।’

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १३:४९