सूचनाको शक्ति - The Power Of Information

        

कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठको खेतमा कामगर्दै गर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताउनुभएकाे छ ।

त्यस्तै पुनर्बास नगरपालिका-८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापा को समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको पनि खेतमा कामगर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताउनुभएकाे छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका-३ मालाखेतीमा रहेको रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाई गर्दै गर्दा कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने वर्ष ४८ को पुनाराम चौधरीकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतक तीनै जनाको घटनाकाे मुचुल्का बनाएर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको हाे ।

यसैगरी चट्याङ लागेर बेलौरी नगरपालिका-९ का बाधुराम रानाकी श्रीमती बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०९:४७