सूचनाको शक्ति - The Power Of Information

        

जसपाले पनि गर्‍यो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

अध्यक्ष यादव पक्षले गरेको निर्णयबारे भने सो पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराइ पक्ष बेखबर रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०९:४५