सूचनाको शक्ति - The Power Of Information

        

खराब माैसमका कारण आन्तरिक उडान प्रभावित

मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले विराटनगर, सुर्खेत, पोखरा र लुक्लामा उडान हुन सकेको छैन ।

मौसम केही खुलेसँगै भैरहवामा भने  उडानको तयारी भएको छ । विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०९:४०