अमेरिकाको टेक्ससमा एउटा लरीमा ४६ जनाको शव फेला परेको छ ।
टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरीमा ४६ वटा बेवारिसे शव फेला परेको र ती शव आप्रावासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ ।
सोही लरीमा भेटिएका १६ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाईतेहरुमा बालबालिका पनि रहेका छन् । लरीलाई रेल वे ट्रयाकको नजिक छाडेर भागेका लरीका चालकको ब्यापक खोजी गरिएको छ ।
टेक्ससका गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनले खुला सीमा नीति अपनाउनुको परिणाम भन्दै यसको जिम्मेवारी पनि बाइडेनले लिनुपर्ने बताउनुभएको छ ।
मेक्सिकोबाट मानव तस्करहरुले अमेरिकी सिमाना पार गराउने क्रममा उक्त घटना भएको अनुमान गरिएको छ । करिब ४० डिग्री सेल्सियस तापक्रम पुगेको क्षेत्रमा मानिसहरुलाई एउटै ट्रकमा कोचेर ल्याएका कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन् ।
सत्यपाटी । काठमाडौँ ।