आइतबार दिउँसो करिब १ बजेतिर गोदावरी नगरपालिका ४ भीमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाँधेको अवस्थामा एकजना मानिस फेला परेका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारी राजमार्गदेखि करिब १०० मिटर तल भिरमा हातखुट्टा बाँधेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयले भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगरदेखि ३ जना भारतीय मुलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१–२३ च ६०२१ नम्बरको जीपमा चढेको बताए ।
गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाँधेर भण्डारीलाई सडकदेखि तल पु¥याएर जीप लिएर फरार भएको भण्डारीले बताएको डिएसपी पाण्डेयले बताए ।
भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग रहेको मोबाइल, पर्स र नगद ५ हजार रुपैयाँ समेत लुटेर लगेको डिएसपी पाण्डेयले भण्डारीले जानकारी दिएको बताए । गाडीसहित फरारको खोजी भइरहेको उनले बताए ।
सत्यपाटी । डडेल्धुरा ।