सूचनाको शक्ति - The Power Of Information

        

समाजवादीको परिषद् बैठकमा पुगिन् रामकुमारी, अरु अझै अनुपस्थित

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय परिषद् बैठकमा सहभागी हुन निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्री ढिलो गरी पुगेकी छन् ।

कमलादीमा सुरु भएको केन्द्रीय परिषद् बैठकमा सहभागी हुन उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगै पुगेकी हुन् । तर अहिलेसम्म निवर्तमान मन्त्रीहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा भने अझै बैठकमा पुगेका छैनन् ।

सोमबार मध्यान्ह सुरु केन्द्रीय परिषद् बैठकमा आइतवार मात्रै मन्त्रीबाट फिर्ता गरिएका तीन नेता सहभागी नभएका हुन् । समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १३:०९