सूचनाको शक्ति - The Power Of Information

        

आईजीपी नियुक्तिविरुद्धकाे रिटमा आज सुनुवाई हुने

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ ।

यसअघि असार ५ गते सुनुवाई भएको मुद्दालाई हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सुनुवाई तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानून व्यवसायीले बहस गरिसकेका छन् । उनीहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दावी गरेका छन् ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो। सोमबार प्रतिवादीका तर्फबाट बहस हुने भएकाे छ ।

आफू भन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ०९:४५