सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

काठमाण्डाै – एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आजदेखि सुरु हुँदैछ ।

भोलिसम्म चल्ने बैठकमा साङ्गठानिक गतिविधि, पालिका चुनावको समीक्षा, आउँदो चुनावको तयारी र केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

परिषद् बैठकमा करिब १ हजार ५ सय जना सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ०९:४०