सूचनाको शक्ति - The Power Of Information

        

रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने राष्ट्रपति बाइडेनकाे घाेषणा

अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने घाेषणा गर्नुभएकाे छ ।

जी सेभेन सम्मेलनका लागि जर्मनीमा रहनु भएका अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई थप आर्थिक दबाव बढाउनका लागि यस्ताे घाेषणा गर्नुभएकाे हाे । अमेरिकी उक्त निर्णय जी सेभेन बैठकबाट समेत अनुमोदन गराइने अपेक्षा गरिएको छ ।

जी सेभेन बैठकमै रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि अमेरिकी राष्ट्रपति बाइडेनले गरेकाे साेही घोषणाको स्वागत गरिसक्नुभएको छ ।

त्यस्तै क्यानाडा र जापानले स्वागत गरिसकेका छन् । इन्धनपछि रुसले सुन निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने गर्दछ ।

गत वर्ष मात्रै रुसले सुन निर्यातबाट १९ अर्ब डलर कमाएको थियो । जी सेभेनलगायतका देशहरुले रुसी सुन खरिद रोक्दा विश्व बजारमा सुनको भाउ पनि आकाशिने अनुमान गरिएको छ ।

विश्व सुन बजारमा रुसी सुनको आपूर्ति कम्तिमा ५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ०८:४४