सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री रामकुमारी झाँक्रीले दिइन् राजीनामा

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट औपचारिक रुपमा राजीनामा दिएकी छन् ।

औंपचारिक रुपमा राजीनामा र आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री झाँक्री भावुक हुँदै राजीनामा दिएकी छन् ।

मन्त्री झाँक्रीले मन्त्रालयका टिमहरुलाई धन्यवाद समेत दिए । मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा मन्त्रालयका टिमहरुलाई धन्यवाद दिएर भावुक बने । त्यसपछि मन्त्री झाँक्री बोल्न चाहेनन् ।

पत्रकार सम्मेलनमा मन्त्री झाँक्री रोएकी छन् । झाँक्री भावुक हुँदै आँसु पुछेकी छन् । पत्रकार सम्मेलन अघि मन्त्री झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाउन बालुवाटार पुगेकी थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १९:२५