सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रशासनको मुलगेटमा एमालेको धर्ना

नेकपा एमाले बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके अगाडी धर्ना दिएको छ ।

किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने, पेट्रोलियम पदार्थको चर्को मूल्यबृद्धि घटाउनुपर्ने, महंगी, कालोबजारी नियन्त्रण लगायतका माग राख्दै करिव दुई घण्टा धर्ना दिएको हो ।

एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीका अनुसार धर्नामा किसान महासंघका पदाधिकारी लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार धर्ना दिइएको उनले बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १९:२३