देशको संघीय राजधानी काठमाडौं उपत्यका मन्दिर नै मन्दिरको शहर हो । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरूको अवस्था धेरै ठाउँमा दयनीय छ, जस्तो काठमाडौं शहरको अवस्था छ ।
मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । उपत्यकामा रहेका मन्दिर र मूर्तिहरू फोहोर जत्तिकै छरपस्ट बनाइएका छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवानका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिइएका, अवीर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरूमा छन् । तर, संरक्षण भने अझै भएको छैन ।
जताततै लापरबाही छ । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । फोहोर अनि झारैझारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन ।
एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्न भने पहलकदमी हुन सकेको छैन । न्युज एजेन्सीले क्यामेरामा कैद गरेका केही तस्वीर :

बसन्तपुरको गोरखनाथको मन्दिर ।

पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु ।

हनुमानढोकास्थित रहेको हनुमानको मूर्ति ।

पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार ।

बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु ।

पाटन सुन्धारामा पानीले खिइएको मूर्ति ।

लुभुको गणेश मन्दिर ।

थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा ।

च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु ।

लुभुको गणेश मन्दिर ।

पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति ।
सत्यपाटी । काठमाडौं ।