सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मिथुन र कन्यालाई लाभ

२०७९ असार ११ गते, शनिवार, २५ जुन २०२२ । आषाढ कृष्णपक्ष द्वादशी तिथि । भरणी नक्षत्र, १२ः३१ बजेदेखि कृत्तिका । चन्द्रराशि– मेष, १८ः५५ बजेदेखि वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । तर आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन् । बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ । कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ । सामाजिक काममा पछि परिनेछ । अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सानातिना काम र घरेलु समस्यामा अलमलिनुपर्ने देखिन्छ । काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आराम तथा मनोरञ्जनको समय छ । प्रियजनसँग दिन रमाइलो गरि बित्नेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा पनि फाइदै हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिवारमा असमझदारी देखिएला । साथीभाइले साथ नदिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइएला । साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । प्रतिस्पर्धीले हार खानेछन् । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ०९:२१