सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्धारा उद्घाटन

नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

तिन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

प्रतियोगिताले उत्कृष्ठ खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै मन्त्री अथकले उत्कृष्ठ प्रदशर्नकालागि सम्पूर्ण खेलाडीहरुलाई शुभकामना समेत दिनुभयो ।

नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १८:५१