सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

यी नदीमा आज बहाव उल्लेख्य बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

जलसतहको पूर्वानुमान हेर्नोस्–

देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आजदेखि नारायणी र यसका साना सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ ।

केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, तेहथुम, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ ।

यस्तै, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, नवलपरासी (बर्दघाट सुस्त पश्चिम), पाल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

जलसतहको पूर्वानुमान हेर्नोस्–

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०९:४८