सूचनाको शक्ति - The Power Of Information

        

पार्टीको नाम विवादमा परेपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

नवगठित आफ्नो पार्टीको नाम विवादमा परेपछि रवि लामिछानेले यस विषयमा स्पष्टीकरण दिन शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

टेलिभिजन छाडेर पूर्णकालीन राजनीतिमा होमिएका लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकेका छन्।

तर स्वतन्त्र शब्दले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रहनुको अर्थमै भ्रम सिर्जना गरेको भन्दै उनको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेका छन्।

सोही विषयमा स्पष्टीकरण दिन राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न ४ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्न लागेको हो।

यही असार ७ मा घोषित उक्त पार्टीले पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०९:४५