सूचनाको शक्ति - The Power Of Information

        

वीरेन्द्रनगरमा ‘बर्डफ्लु’ देखियो

फाइल तस्वीर

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले भने, ‘पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको छ ।’ उक्त फर्ममा साना ठूला गरी एक हजार ५०० टर्की छन् ।

फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । चपाइँका अनुसार बर्डफ्लु देखिएको स्थानदेखि चारैतर्फको ५०० मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १६:४४