सूचनाको शक्ति - The Power Of Information

        

वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचनलाई नियुक्त गरिएको छ । सोमवारको मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने प्रस्तावसँगै आलेले ज्वारचनलाई महाप्रबन्धक बनाउने प्रस्ताव समेत लगेका थिए ।

मन्त्रिपरिषद्ले वरिष्ठ क्याप्टेनको उडान भर्ने र पाइलटको सुविधा उपयोग गर्ने गरी अस्थायी रुपमा ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । आलेले निगमभित्र रहेका १०औँ तहका चार जना हुँदाहुँदै नवौँ तहका ज्वारचनलाई महाप्रवन्धक बनाएका छन् ।

यो निर्णयले निगमभित्र असन्तुष्टी चुलिएको छ । ज्वारचनभन्दा माथि कमर्सियल डाइरेक्टर जनक कालाखेती, क्वालिटी एस्योरेन्स डाइरेक्टर विक्रम केसी, इन्जिनियरिङ मेन्टिनेन्स डाइरेक्टर प्रज्वल श्रेष्ठ, अपरेशन डाइरेक्टर रवीन्द्र कुमार शेरचन छन् ।

सन् २००७ अक्टोबरबाट निगममा जुनियर को–पाइलटको रुपमा प्रवेश गरेका उनले अपरेसन डाइरेक्टरको भुमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १६:३२