सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका १७ एसएसपी डीआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआइजीमा बढुवा सिफारिस गरिएको छ ।

आइजीपी धिरजप्रताप सिंह र एआइजी पूजा सिंह सदस्य रहेको बढुवा समितिले भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआइजीमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस भएका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, वसन्तबहादुर कुँवर, अशोक सिंह, दुर्गा सिंह चन्द र किरण राणा २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

दिपक थापा, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल र सुदिप गिरी २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०८:३६