सूचनाको शक्ति - The Power Of Information

        

बाँके भलिबलको नेतृत्वमा चन्द

बाँके जिल्ला भलिबल संघको अधिवेशनले चिरन्जीवी चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। चन्द यसअघि उपाध्यक्ष थिए।

संघको उपाध्यक्षमा रीता कोइराला, महासचिवमा यमनारायण महतो, कोषाध्यक्ष सुमनसिंह बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्।

सदस्यहरुमा पूर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भए। प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ।

नेपाल भलिबल संघका सचिव एवं केन्द्रिय प्रतिनिधि भीम ओलीको उपस्थिति तथा लुम्बिनी खेलकुद परिषदका कार्यकारी सदस्य नरेन्द्र थापाको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो।

उक्त अधिवेशनमा पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजित कुमार शर्मा, पूर्व खेलाडी एवं प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थियो।

जिल्ला संघमा दुई जना उपाध्यक्ष रहने प्रावधान छ। नेपाल भलिबल संघको विधान बमोजिम अध्यक्ष चन्दले दोस्रो उपाध्यक्ष मनोनयन गर्नेछन्। साथै बाँकी सदस्यहरु कार्यसमितिले मनोनयन गर्नेछ।

दुई जना सदस्य जिल्ला खेलकुद विकास समितिले पठाउने छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १८:२०