सूचनाको शक्ति - The Power Of Information

        

थप ३१ जनामा कोरोना संक्रमण

देशभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय २५ जनामा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १० जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १८:०५