सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मको मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १० गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।

सार्वजनिक गरिएको एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ र दिव्य देव पन्तलाई देख्न सकिन्छ । सौगात ड्राइभर र दयाहाङ डिएसपीको चरित्रमा प्रस्तुत छन् ।

त्यस्तै, दोस्रो पोस्टरमा सृष्टि श्रेष्ठ मात्र फिचर छिन् । एक सार्वजनिक गाडीमा सवार उनी निराश मुद्रामा देखिएकी छन् ।

फिल्म ‘राधा’ श्यामश्वेत प्रविधिमा निर्माण गरिएको छ । निर्देशक थापाकै कथा रहेको यो फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । फिल्ममा सम्पादन निमेश श्रेष्ठको रहेको छ । फिल्मलाई सौगात मल्ल, देवकी विष्ट र हिराल जोशीले निर्माण गरेका हुन् ।

फिल्मकै प्रचारप्रसारका लागि सौगातले तीन महिनाका लागि अभिनयबाट विश्राम समेत लिएका छन् ।

फिल्ममा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०९:५९