सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तान र पाकिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आज बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको केन्द्रबिन्दु रहेको बताइएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ ।

भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको थियो । पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।

भूकम्प भारतका केही भूभागमा पनि महशुस गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०८:२४