सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन् रवि लामिछानेको पार्टीका सात विशेषता

राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् । मंगलबार आयोजित घोषणा सभामा उनले  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् ।

उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् ।  उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

 यस्ता छन् सात व्यवस्थाः
१. प्राइमेरी निर्वाचन हुने
२. युवालाई ५० प्रतिशत एकको व्यवस्था
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६. परिवारवादलाई पूर्ण रूपमा निषेध
७. भ्रातृसंगठन र कार्यकर्तारहित​

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १८:३९