सूचनाको शक्ति - The Power Of Information

        

विश्व योग दिवस नेपालगञ्जमा पनि मनाइयो

‘मानवताका लागि योग’ भन्ने नाराका साथ आठौं विश्व योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

योग समिति नेपालको केन्द्रिय कार्यालय न्युरोडबाट ब्यान्ड बाजासहित निस्केको र्याली सेतु विक चोक न्युरोड, सदरलाइन हँुदै महेन्द्र पार्कमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा योगअभ्याससमेत गरिएको थियो । समितिका अध्यक्ष एवम् योग गुरु गिरीराज भट्टराइको सभापतित्वमा भएको कार्र्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिकलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताए ।

उनले नेपालगञ्जलाई योगमय बनाउनेसमेत विश्वास दिलाए । उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेको प्रति धन्यवादसमेत ज्ञापन गरे ।

कार्यक्रममा योग गुरु भट्टराईले पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको बताए । कार्यक्रममा बाँके आयुर्वेदिक कार्यालयका प्रमुख अनिल चौधरी, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, राजनबहादुर राना मगर लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १७:४२