सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसमकाे अवस्था आज कस्तो छ त ?

 हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अन्य भू-भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज (मंगलबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश-१ का केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०८:५३