सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा उच्च अंकको गिरावट

साताको कारोबार हुने दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ ।

निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ४९ अंकले घटेर १८८४ दशमलव ८१ विन्दुमा पुगेको हो । दोस्रो कारोबार दिन सेन्सिटिभ सूचक पनि ७ दशमलव ६६ अंकले घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि उत्साह आउन सकेको छैन । यसदिन २३० कम्पनीका ६१ लाख ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा रहेका १३ वटै उपसूचक राताम्मे हुँदा ४ वटा कम्पनीको सेयर हरियो भएको छ । आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तका लगानीकर्ताको कमाइ १० प्रतिशतले बढे पनि अन्य कम्पनीको सेयर बढेको छैन ।

तेह्रथुम पावर कम्पनी, कालिका पावर कम्पनी, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १७:३९