आज जुन २० अर्थात् विश्व शरणार्थी दिवस । संयुक्त राष्ट्रको एक प्रतिवेदनले गत वर्ष १० करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको उल्लेख गरेको छ । शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्च आयोग (युएनएचसीआर) को सन् १९५१ मा स्थापना भएयता युक्रेनमा सबैभन्दा धेरै र छिटो बढिरहेको शरणार्थी समस्या भएको जनाइएको छ ।
युएनएचसीआरले यसलाई दोस्रो विश्वयुद्धपछि अभिलेखवद्ध सबैभन्दा धेरै विस्थापित भएको घटना भएको बताएको छ । अफ्रिकाको सहेल क्षेत्रबाट इयु आउने शरणार्थीहरू बढ्न सक्ने पनि ग्लोबल ट्रेन्ड्स रिपोर्टले जनाएको छ । युएनएचसीआरले इयु सहेल क्षेत्रबाट भागेका शरणार्थीहरूको बारेमा चिन्तित हुनुपर्छ भनेको छ ।
युएनएचसीआरका अनुसार गत वर्ष विश्वभरि १० करोड मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए । यो दोस्रो विश्वयुद्ध पछि रेकर्ड भएको सबैभन्दा धेरै विस्थापित व्यक्तिहरूको संख्या हो । सन् १९५१ मा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) स्थापना भए यता युक्रेनमा सबैभन्दा ठूलो र द्रुत तवरले बढिरहेको शरणार्थी सङ्कट भएको उक्त निकायले आफ्नो ग्लोबल ट्रेन्ड्स रिपोर्टमा जनाएको छ ।
युक्रेनमा रुसी आक्रमणसँगै अफगानिस्तानको संकट पनि १० करोडको ‘ठूलो संख्या’ मा शरणार्थी पु¥याउने गर्ने प्रमुख घटनाहरू हुन् । प्रतिवेदनले विगत एक दशकमा प्रत्येक वर्ष शरणार्थी समस्या बढ्दै गएको उल्लेख गरेको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व समाधान गर्न र समाधान खोज्न कदम नचालेसम्म यो प्रवृत्ति जारी रहने बताएका छन् ।
युक्रेन युद्धले खाद्य सुरक्षा संकट सिर्जना गरेको छ, जसले गरिब देशहरूमा धेरै मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य तुल्याएको छ, युएनएचसीआरले भनेको छ । फिलिपो ग्रान्डीका अनुसार सहायता रकम युक्रेनमा केन्द्रित भइरहेको छ, विश्वभरका अन्य सहायता कार्यक्रमहरूका लागि कम सहयोग जुटेको छ । ‘युक्रेन संकटले अन्य संकटहरू छायाँमा पार्नुहुँदैन,’ उनले भने ।
ग्रान्डीले शरणार्थी सङ्कटप्रति युरोपेली सङ्घको प्रतिक्रिया असमान रहेको बताए । ‘पक्कै पनि यसले महत्त्वपूर्ण कुरा प्रमाणित गर्छः शरणार्थीहरूको आगमनलाई प्रत्युत्तर दिन, धनी देशहरूको किनार वा सीमानामा निराश मानिसहरूको आगमनलाई व्यवस्था गर्न नसकिने खालको छैन,’ फिलिपो ग्रान्डीले भनेका छन् ।
सहेल क्षेत्रका शरणार्थीहरू
ग्रान्डीले इन्धनको मूल्यवृद्धि, जलवायु संकट र हिंसाबाट बच्न अफ्रिकाको साहेल क्षेत्रबाट धेरैभन्दा धेरै मानिसहरू पलायन भइरहेको बताए । यी विस्थापित मानिसहरू संकटबाट बच्न उत्तरबाट युरोपतिर जान सक्छन् । उनले यस क्षेत्रले वर्षौंदेखि खडेरी र बाढी, आय असमानता, कमजोर स्वास्थ्य सेवा र खराब शासनको सामना गरिसकेको बताए ।
बढ्दो खाद्य सुरक्षा संकटले समस्या थपेको छ । ‘म साहेलको बारेमा धेरै चिन्तित छु । र मलाई लाग्दैन कि हामी यो क्षेत्रको बारेमा पर्याप्त कुरा गर्छौं जुन युरोपबाट निकै नजिक अवस्थित छ,’ उनले भने । प्रतिवेदनले युक्रेन, भेनेजुएला, म्यानमार, सिरिया र त्यसभन्दा बाहिरको संकटले अवस्थालाई थप खराब बनाएको जनाएको छ ।
सत्यपाटी । काठमाडौं ।