सूचनाको शक्ति - The Power Of Information

        

गृहले रोक्यो दुबईका राजपरिवार सदस्यको औपचारिक कार्यक्रम

नेपालमा रहेका युएईका राजपरिवारका सदस्य सहभागी हुने सबै औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा  मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम शनिबार नेपाल आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए।

युएईका राजपरिवारका सदस्यको उक्त भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी नभएको बताइएको छ ।  अहिले झापामा रहेका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम यसअघि  प्रसाईंले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ०९:०७