३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरू प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको गत असार ५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ (सात) दिन -भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन्।



सत्यपाटी । काठमाडौँ ।