सूचनाको शक्ति - The Power Of Information

        

दुई सय यात्रु सवार विमानको इन्जिनमा लाग्यो आगो

स्पाइस जेटको विमान दुर्घटना हुनबाट बचेको छ ।

स्पाइसजेटको बोइङ ७३७ विमान आइतबार दिउँसो उडेको केही समयपछि एउटा इन्जिनमा आगो लागे पनि सकुशल अवतरण गरेको छ ।

करिब २०० जना सवार रहेको विमानमा उडेको केही समयपछि एउटा इन्जिनमा आगो लागेको स्थानीयले फोन गरेपछि सकुशल पटना फर्किएको हो ।

विमान उड्ने क्रममा चरा ठोक्किएको थियो। फ्लाइट एसजी ७२३ को पाइलट इन कमाण्ड (पीआईसी) क्याप्टेन मोनिका खन्नाले प्रभावित इन्जिन बन्द गरी आकस्मिक अवतरणमा सवार सबैलाई सकुशल रूपमा पटना फर्काइन् ।

दुर्घटनामा करिब २० मिनेट यात्रुको ज्यान धरापमा परेको थियो । विमानमा सवार एक वृद्ध महिलाले विमान हल्लिरहेको बताइन् । उनले पाइलटलाई बौद्धिकता देखाएकोमा आशीर्वाद पनि दिइन्।

विमानस्थलका अधिकारीहरूले उडान भरेको १० मिनेटभित्रै विमानले आपतकालीन अवतरण गरेको बताएका छन् भने केही यात्रुहरूले आफूहरू १५-२० मिनेटसम्म विमानभित्रै बसेको दाबी गरेका छन्।

विमानको जाँचपछि चराको ठक्करबाट पङ्खाका तीन वटा ब्लेडमा क्षति पुगेको स्पाइसजेटले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ०९:००