सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस बाँकेले गरायो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण

बाँकेमा उत्पन्न बिद्युत अनियमितताबारे नेपाल बिद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको छ ।

नेपाली कांग्रेस बाँकेले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेल नेतृत्वको टोलीले बाँकेमा उत्पन्न बिद्युत अनियमितताबारे ध्यानाकर्षण गराएको हो ।

सो क्रममा कार्यकारी निर्देशक घिसिङले बाँके जिल्लामा उत्पन्न बिद्युत समस्या समाधानका लागि आफु गम्भिर रहेको बताए । ‘बाँके जिल्लाको बिद्युत समस्याबारे म गम्भिर छु, यो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु,’ उनले भने ।

ध्यानाकर्षण पत्र बुझाउन सभापति गौडेल, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सदस्य मनप्रसाद अचार्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कांग्रेस नेता चक्र अधिकारी प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतवार १९:३९