पछिल्लो समय बजारमा बैंकको चर्चा निकै नै चलेको पाइन्छ । बैंक डुब्छ भन्ने कुराले पुरै बजारको माहोल तताएको छ । यतिखेर बैंकमा पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । यता, बैंकसंग आम नागरिककको पैसा फिर्ता गर्न सक्ने क्षमता छैन । बैंक डुब्छ भनेर चर्चा चल्नु र बैंक रित्तिनु एकैचोटिजस्तो भएको छ । सेयरको मूल्य निरन्तर ओरालो लाग्दा पनि बैंकको बेहाल भएको हो । सेयर लगानीकर्ताहरु सडकमा आइसकेका छन् । घरजग्गा र गाडीको बिक्रीवितरण ठप्पजस्तै छ ।
बैंकहरुले यी तीन क्षेत्रमा कर्जा लगानी गर्दा आज उनीहरु नै शिथिल भएका छन् । कित्ताको तीन हजार पर्ने सेयरको मूल्य एक सय रुपैंयामा झरेको छ । त्यसैगरी, आनाको ३० लाख पर्ने जग्गा चार लाखमा बेच्छु भन्दा पनि खरिदकर्ता भेटिदैनन् । यता, गाडीमा त मन्दी नै छाएको छ । १० लाख हालेर किनेको सवारी दुई लाखमा पनि बिक्री हुदैन् । हिजो यी चीजको मूल्य बढेको बेला बैंकले बढी नाफा खानका लागि जथाभावी कर्जा लगानी गर्यो । महंगो मुल्यांकनको आधारमा लगानी गर्ने काम भयो ।
तर, अहिले मूल्य त गुन्दु्रकको भाउमा आएको छ भन्ने हो भने यिनीहरुको भ्यालेशन नै हुदैन् । यो अवस्थाले बैंकको भविष्य देखाइसकेको छ । अधिकांश सार्वजनिक स्थलमा अबको एक वर्षमा धेरै बैंकहरु डुब्छ भनेर कुराकानी भइरहेको सुनिन्छ । उता, कतिले त यिनीहरु भाग्ने अनुमानसमेत लगाइसकेका छन् । निजी वित्तिय संस्थाहरुले १५ प्रतिशत व्याज दिने प्रलोभनमा पारेर जनतासंग पैसा असुलिरहेको छ । कतिपय बैंकले १९ प्रतिशत व्याज लिएर यी तीन क्षेत्रमा कर्जा लगानी गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले सवारी साधन, घरजग्गा र सेयरमा लगानी नगर्नु भनेर कडाइका साथ प्रस्तुत नहुँदा बैंकहरुले मनोमानी चलाएका छन् । कमाइधमाइ नहुँदा दलालहरु व्यवसायी नै छोडेर भोगिसकेका छन् । धितो राखेर कर्जा खाने व्यक्तिले किस्ता तिर्न नसक्ने अवस्था निम्तिएको छ । यता, बैंकले धितो लिलाम गर्दा किन्ने ‘मुर्गा’ पाइरहेका छैनन् । जताबाट पनि बैंकले फसाउने भनेको त जनता नै हो । सेयरको मुल्य घटेर घर न घाटको भइसकेपछि सेयर लगानीकर्ताहरु सडकमा ओइरिएका छन् ।
कोही अनशन बसेका छन् भने आन्दोलनको घोषणा गर्दै हिडेका छन् । सेयरमा पनि राजनीति छिरेको प्रष्ट देखिएको छ । आफ्नो लगानी डुब्ने डरले उनीहरुले सेयरमा पनि राजनीति गरे । सेयरवालाहरु अनशन र आन्दोलनमा उत्रिदा अब तीन हजारको सेयर एक सयमा पनि बिक्री नहुने निश्चित छ । यता, सहकारीहरु भागाभाग हुँदा डिपोजिटवालहरुको रुवावासी चलेको छ । बैंकमा पैसा नहुँदा घरजग्गालाई कर्जा दिन काम ठप्प छ ।
बैंकमा पैसा हुनेहरु आफ्नो पैसाका लागि चनाखो हुनुपर्ने बेला भइसकेको छ । निर्धक्कले बस्ने हो भने खाइनखाई जोहो गरेको रकम सबै डुब्ला होस् गरौं । हिजो नाफा देखेर ९० प्रतिशत जथाभावी लगानी गर्नुको नतिजा हो । सोच्दै नसोची लगानी गर्नु अहिले आफैलाई हानिकारक साबित भएको छ । राष्ट्र बैंकले च्याउ उम्रेझै बैंक दर्ता गर्ने अनुमति दियो । भोलि बैंक डुब्यो भने जनताहरु पनि चुलुम्मै डुब्छन् भनेर सोचेन । अर्थविद्हरुले पाँच र हजारको नोटलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर पटकपटक माग गरिरहेका छन् ।
उता, छिटोभन्दा छिटो दुई हजारको नोट ल्याउनुपर्छ भन्दा पनि बेवास्ता भएको छ । अहिे सबै जनताले आफ्नो घरमा पैसा लुकाएका छन् । जसको कारण बैंकमा डिपोजिट रकम बढेन् बरु घटेको छ । बैंकहरु धरासायी बन्दा पनि अर्थमन्त्रालय र राष्ट्र बैंक के हेरेर बसिरहेको छ । अझै पनि साइत कुरेर बस्ने हो भने केही नै नरहला । बेलैमा होस् पुप्याऔ । १० लाखको चेक लिएर गयो भने बैंकले साट्न सक्दैन् । कि आधा रकम लिएर जान भन्छ कि त एक दुई दिन कुरेर बस्नुपर्ने बाध्यता छ ।
तपाईकै सहमतिमा व्याज तोक्नुस् भनेर राष्ट्र बैंकले स्वतन्त्र दिएको छ । यसले थप विकृति ल्याएको छ । बैंकहरुले अझै पनि छाडा हुने मौका पाएका छन् । बैंकले ११ दशमलव तीन प्रतिशत व्याज दिन्छुभन्दा पनि जनताले आफ्नो मुठ्ठी खोलेका छैनन् । खातामा पैसा हुनेलाई व्याजको लोभमा साहु नै जाने हो कि ? भन्ने पीर छ । बरु खाता नहुनेहरु आरामको निद्रा सुतेका छन् । अब बैंकहरुले न कर्जा उठाउन सक्छ न नयाँ कर्जा लगानी गर्ने क्षमता नै बाँकी छ । अधिकांश बैंकले खर्च धान्न नसकेको कारण भटाभट शाखा बन्द गरिरहेको छ ।
यता, कर्मचारी पनि कटौती गरेको पाइन्छ । हिजो विज्ञापन बजाएको पैसा दिन नसकेर पर्खाएर राख्ने बैंकको लिस्ट पनि यत्तिकै छ । यसमा सञ्चार क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थिति आएको छ । आफूले जिन्दगीभर रगतपसिना गरेर कमाएको पैसा सोचविचार गरेर मात्र जम्मा गरौं । पहिलेजस्तो निर्धक्क भएर पैसा राख्ने दिन गइसकेको छ । अहिले पनि बैंकहरुले सवारी साधनको एसी खोलेर कर्जा दिइरहेका छन् । यस्तो अवस्था देख्दादेख्दै पनि उनीहरुको चेत खुलेको छैन् । आधाभन्दा धेरै त सडकमा आउने निश्चित छ । यतिले पनि नपुगेर घुस र सेवा शुल्कका निम्ति जथाभावी क्रियाकलाप गर्नु साच्ँनै लज्जास्पद विषय हो ।
बैंककै कारण लाखौं जनता सडक छाप हुने देखिन्छ । सरकारले अझै पनि हेलचेक्र्याइँ गरेर हात बाँधेर बस्ने हो भने अझ कति डुब्ने हुन्, यसको अड्कल लगाएर साध्य छैन् । बैंकको आम्दानी शून्य भइसकेको छ । कर्जा लगानी गर्न पैसा छैन् । बैंकको नाफा घट्यो तर खर्च त घटेको छैन् । बरु, थप खर्च बढेको छ । बैंकहरु घरभाडा र कर्मचारीलाई तलब दिन नसक्ने स्थितिमा पुगिसकेका छन् । कतिपय कर्मचारीहरु विगत तीन महिनादेखि तलबविहिन छन् । यस्ता कुराहरु बाहिर नजाओस् भनेर बैंकहरुले निकै नै सतर्कता अपनाएका छन् ।
हिजो सर्वसाधारणलाई ठगेको र सडक छाप बनाएको पाप भर्खरै कराउँदैछ । सिधासाधी जनताको धितो राखेर थोरै कर्जा दिने । तीन किस्ता नतिर्दा भएको सबे जेथो लिलाम गरिदिन्थे । हिजो जनतालाई ठगेर नाफा खान्थ्यो तर अहिले ठग्न नपाइपछि रित्तो हात । घुस खाएर महंगो व्याज लिएर कर्जा लगानी गर्नुको परिणा अब यिनीहरुले भोग्छन् । भन्छन्, नि बाँदरले आफ्नो घर पनि बनाउन दिँदैनन् । बैंकहरु आफु पनि फस्यो अरुलाई पनि फसायो । दलालीहरुले पनि रातारात सेयर, गाडी र घरजग्गाको मूल्य बढाए । मूल्य बढाउने नै दलाली हुन् । यिनीहरु नै भागिहाले । अब मूल्य कसले बढाउँछ ? बैंकले बढाउन सक्छ ?
अब कि बैंक मुल्य बढाउन दलाली बन्नुपर्यो । कि आफ्नो गल्ती स्वीकार्दै डुब्नुपर्यो । अन्य विकल्प केही पनि छैन । कतिपय बैंकका सिइयोले राजीनामा दिइसकेका छन् । चेयर म्यानहरुले जिम्मेवारी छोड्ने घोषणा गरिसकेका छन् । बैंकभित्रका कुराहरु बाहिर आँउछ कि भन्ने डर यिनीहरुलाई छ । उता, कर्मचारीलाई त यिनीहरुले थुरथुर बनाएर राखेका छन् । जागिरबाट निकाल्ने हो कि भन्ने डर कर्मचारीमा छ । जसको कारण जति घोटाला भएपनि बैंकहरुले बाहिर ल्याउँदैनन् । गुजारा चलाउनका लागि पनि सबै कुरा थाहा पाउदा पाउँदै लुकाएर राख्नुपर्ने बाध्यता छ ।
अनुसा थापा ।