सूचनाको शक्ति - The Power Of Information

        

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंकमाया सोडारी रहेकी छन् । शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटको जंगलबाट निस्केका दुई वटा हात्तीले सोही नदीमा तटबन्ध निर्माणमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेका दुई जना महिलाले भने भागेर ज्यान जोगाएका छन् । पछिल्लो समय कैलाली र बर्दियामा जंगली जनावरको आक्रमण बढ्दै गएको छ । जङ्गल आसपासमा भएका क्षेत्रमा वर्षेनी दर्जनौं मानिसको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतवार ०९:२१