सूचनाको शक्ति - The Power Of Information

        

रुकुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राडिबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा जिप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ।

चालक बाफिकोट गाउँपालिका–८ दुलिका कविराम बिक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको मृत्यु भएकाे हाे।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर भेरी नदीमा खसेको थियो।

प्रकाशित मिति : ५ असार २०७९, आइतवार ०८:१८