सूचनाको शक्ति - The Power Of Information

        

विकास निमार्णका योजनाहरुको अनुगमन

डुडुवामा विकास योजना निमार्ण तीव्र, पालिकाद्वारा अनुगमन

समयमा निमार्ण सम्पन्न गर्न ध्यानाकषर्ण

डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ ।

गाउँपालिकाद्धारा निर्मित विभिन्न ठुला तथा साना योजनाअन्तर्गतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनका अनुसार सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।

आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निमार्ण भईरहेका छन् । गाउँपालिकाका ठुला साना सबै योजनाहरु निमार्ण भईरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् ।

उनका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ ।

अनुगमनमा विकास निमार्णको गुणस्तरियता र समयमा निमार्ण सम्पन्न गर्ने लगायतका बारेमा निमार्ण कम्पनीको ध्यानाकषर्ण गराइएको थियो । आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाकी रहदा अहिले निमार्णको तिब्र रुपमा अघि बढाइएको छ ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमख ओमबहादुर राना क्षेत्री लगायतको समुहको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतवार ०८:०७