सूचनाको शक्ति - The Power Of Information

        

रुपईडिहामा एकजनाको शव भेटियो

सीमावर्ती भारतीय बजार रुपईडिहामा एक जनाको शव भेटिएको छ । रुपईडिहाको मुनिरगञ्ज भठ्ठास्थित तलाउमा मृत भेटिएका व्यक्तिको साथमा नेपाली मतदाता नामावलीको दुृईवटा परिचय पत्र फेला परेको छ ।

मृतकको साथबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का समिर जसगढ र सैजहा जसगढको मतदाता परिचयपत्र फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

मृतक र परिचयपत्रमा नाम उल्लेख भएका व्यक्ति फरक–फरक भएको जमुनाहा नाकामा रहेका नेपाल प्रहरीका वरिष्ठ सई माधव रिजालले जानकारी दिए । ‘मृतकको साथमा भेटिएको परिचयपत्रमा नेपालागञ्ज वडा नं. ११ का समिर जसगढ उल्लेख छ ।

नेपालगञ्ज वडा नं. ११ मा सम्पर्क गर्दा जसको परिचयपत्र हो समिर जसगढ सम्पर्कमा आयो, वरिष्ठ सई रिजालले भने । उ सम्पर्कमा आयो । मृतक को हुन् पत्ता लागेको छैन ।’

मृतक नेपाली हुन् कि भारतीय हुन् यकिन भएको छैन । भारतीय प्रहरीले मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला चिकित्सालय बहराइच पठाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १८:३८