पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा र्याफ्टिङका क्रममा बेपत्ता भएका सात जनाकै उद्धार भएको छ ।
हिजाे बेलुका पाैने ७ बजेतिर र्याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएकाे जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्धार भएको हो ।
उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्धार गरिएको हो । सेफ्टी ज्याकेट लगाएका कारण बेपत्ता सबैकाे सकुशल उद्धार भएको प्रहरीले जनाएको छ ।
सत्यपाटी । काठमाडौँ ।