सूचनाको शक्ति - The Power Of Information

        

विनियाेजन विधेयक प्रतिनिधि सभाबाट पारित

आउँदो आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

आज बिहीवार अर्थमन्त्री जनार्दन शर्माले विधेयकको विषयमा उठेको प्रश्नको जवाफ दिएसँगै निर्णयार्थ प्रस्तुत भएको विधेयक बहुमतले पारित भएको हो ।

तर विनियोजन विधेयक पारित गर्ने प्रक्रियामा नेकपा एमालेका सांसद उपस्थित भएनन् । अर्थमन्त्री शर्माले बजेटमा करका दर निर्धारण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका उहाँको राजीनामा माग्दै एमालेका सांसदले प्रक्रिया बहिष्कार गरेका हुन् ।

विनियोजन विधेयक पारित गर्न अर्थमन्त्री शर्माले राखेको प्रस्ताव संसद्को बहुमतले पारित भएको हो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १८:४८