एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलहरु सकाएर नेपाली टोली स्वदेश फर्किएको छ । छनोटबाट बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेतमा नै बसेका छन् ।
उनले केही समयको विदा मागेर कुवेत बसेका हुन् । नेपाल छनोट प्रतियोगितामा तीन खेलमा तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
प्रतियोगितामा नेपालले तीन खेलमा १३ गोल खाँदै एक गोल फर्काएको थियो । पहिलो खेलमा जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा कुवेतसँग ४–१ र अन्तिम खेलमा इन्डोनेसियासँग ७–१ गोलले पराजित भएको थियो ।
सत्यपाटी । काठमाडौं ।