सूचनाको शक्ति - The Power Of Information

        

निउरो टिप्न गएकी युवती बाघको आक्रमणपछि बेपत्ता

चितवनको एक सामुदायिक वनमा निउरो टिप्न गएकी युवतीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ ।

भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा आज बिहान करिब ७ बजे निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन विष्टले जानकारी दिए ।

उनका अनुसार उद्धारका लागि इलाका प्रहरी कार्यालय दिब्यनगर, ईप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको छ । पछिल्लो समयमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घट्ना बढेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १२:०३