सूचनाको शक्ति - The Power Of Information

        

कालीकोटमा खाेलाले बगाउँदा एक जनाको ज्यान गयाे

कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।

हिजो खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका-२ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताउनुभयो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ०९:१३