बिरयानीका पारखीहरुका लागि नेपालगञ्ज उपमहानगरपालिकामा ताजकृष्ण रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
स्थानीय सुर्खेतरोडस्थित एसबिआई बैकको सामुन्ने नेपालगञ्ज–२ मा अवस्थित उक्त रेष्टुरेन्टको बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले रिवन काटेर उदघाटन गरे ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १० कैलाली निवासी भुवन जोशी ‘खतिवडा’ ले आफ्नो एकल लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेन्टले नयाँ स्वादमा भारतको चर्चित ‘हैदरावाद दम’ बिरयानी ग्राहकलाई खुवाउनेछ ।
जोशीले करिव डेढ दशक जति भारतको हैदरावादमै बसेर आफ्नै रेष्टुरेन्ट चलाएका थिए । त्यहाँ उनले क्याटरिङ तथा कुकिङ सम्बन्धी कामको दक्षता प्राप्त गरे । हैदरावादी दम बिरयानीका ग्राहकहरु नेपालगञ्जमा धेरै रहेको जोशीले बताए ।
पछिल्लो समयमा नेपालगञ्जमा बिरयानी मन पराउने ग्राहकको संख्या अत्यधिक मात्रामा रहेको छ । हैदरावादी दम बिरयानीको मुल्य प्रतिप्लेट (ठुलो) २ सय ५० रुपैयाँ पर्ने रेष्टुरेन्टले जनाएको छ ।
उक्त रेष्टुरेन्टमा ‘हैदरावादी दम’ बिरयानीका साथै चाइनिजका भेज र ननभेज आइटमहरु, मटन चिल्ली, मटन–६५, थकाली खाना, मःमः, सेकुवा, भुटन, तास, हाँसको छोयला लगायत परिकार उपलब्ध रहेको रेष्टुरेन्ट सञ्चालक जोशीले बताए । उक्त रेष्टुरेन्टमा ६० लाख रुपैयाँको हाराहारीमा लगानी लागेको उनले बताए ।
सत्यपाटी । बाँके ।