सूचनाको शक्ति - The Power Of Information

        

बजेटका लागि लुम्बिनी सरकारलाई कोहलपुरको ज्ञापनपत्र

कोहलपुर नगरपालिकाले नगरको विकासका लागि बजेट माग्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

नगर प्रमुख पूणर्प्रसाद आचार्य नेतृत्वको टोलीले कोहलपुरको विकासको लागि लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो ।

नगर प्रमुख आचार्य, उपप्रमुख संगिता सुवेदी, लुम्बनी प्रदेश सरकारका वन मन्त्री सुरेन्द्र हमाल, नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भुषाल सहितको टोलीले मुख्यमन्त्री केसीको ध्यानाकर्षण गराएको हो ।

बाल अस्पताल, चिल्डेन पार्क, कोहलपुर रिङरोड, थारु संग्रहालय, डुडुवा खोला तटवन्धन, पेडारी नालामा पुल निर्माण, कोहलपुरमा आकासे पुल लगायतका दर्जन बढी योजना माग गर्दै वजेट माग गरिएको कोहलपुरका नगर प्रमुख आचार्यले बताए ।

मुख्यमन्त्री केसीले प्राथमिकताका आधारमा वजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेको आचार्यले जानकारी दिए ।

नगर प्रमुख आचार्यका अनुसार मुख्यमन्त्री केसीले बाल अस्पतालका लागि भने बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १८:०२